दमक। माइ भ्याली एफसी इलामलाई टाइब्रेकरमा पाखा लगाउँदै सुनसरीको धरान सिटी एफसी झापाको शिवसताक्षी-७ फाक्तेपमा जारी प्रथम एनी फाक्तेप गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
निर्धारित समय सम्म २/२ को बराबरी भएपछि भएको टाइब्रेकरमा ४-२ को जित निकाल्दै धरान अन्तिम चारमा प्रवेश गरेको हो।
इलाम अन्तिम ३७ सेकेण्ड सम्हालिन नसक्दा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। खेलमा इलामले दोश्रो हाफको १६ औं र ३४ औं मिनेटमा गोल गर्दै दुई शुन्यको अग्रता लिएको थियो।
तर दोश्रो हाफको इन्जुरी समयको दोश्रो मिनेटमा धरानका जर्सी नम्बर १६ का विबेक राई र इन्जुरी समयको अन्तिम ३७ सेकेण्ड बाँकी छँदा जर्सी नम्बर ११ का विनोद राईले डि-बक्स भित्र पाएको अबसरमा बललाई जाली चुमाएपछि धरानको अघिल्लो चरण प्रवेशको सम्भावना जिवितै रहेको थियो।
हस्तान्तरण लगत्तै संस्थाका कर्मचारी, जनप्रतिनिधि र टोल विकास संस्थाका प्रतिनिधिहरु सहितको टोलीले धुपी रोपेका थिए।
टाइब्रेकरमा इलामका दुई खेलाडीको प्रहार धरानका गोल रक्षक आशिष कार्कीले विफल बनाएपछि धरान अन्तिम चारमा प्रवेश गरेको हो। खेलको म्यान अफ दि म्याच धरानका विनोद राई घोषित भए। उनले नगद ३ हजारसँगै ट्रफी हात पारे।
भोलि आयोजक फाक्तेप फुटबल क्लब, फाक्तेप र तुर्केनी एफसी काँकडभिट्टा आमनेसामने हुनेछन्। प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार र उपविजेताले नगद एकाउन्न हजार प्राप्त गर्ने छन्।
प्रतिकृया