गौरादह। नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत झापा क्षेत्र नम्बर ५ को मतदान सकिएको छ। मतदानमा ७ सय २७ मत खसेको सहायक निर्वाचन अधिकृत लेखनाथ सेडाईले जानकारी दिनुभयो।
७ सय ४४ मतदाता रहेको सो क्षेत्रको नेतृत्वका लागि ढुण्डिराज भण्डारी र रोशन गौतम चुनावी मैदानमा छन्। निर्वाचनबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि तथा क्षेत्रको २ सचिव र सह-सचिव छनोट हुनेछन्।
प्रतिकृया