दुबई। यहाँ जारी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा अन्तिम दुई प्रवेशका लागि आज अष्ट्रेलिया र पाकिस्तान भिड्दै छन्।
अष्ट्रेलिया समुह एमा दोश्रो हुँदै सेमिफाइनलमा पुगेको हो भने पाकिस्तान समुह बि को शिर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको थियो। खेल ७ बजेर ४५ मिनेटमा शुरु हुनेछ।
यसअघि गएराती भएको खेलमा जित हासिल गर्दै न्युजिल्याण्ड फाइनल प्रवेश गरिसकेको छ।
उसले समुह एको शिर्ष टोली इङ्ल्यान्डलाई ५ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।
प्रतिकृया