दमक। दुबईमा जारी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा इण्डिया ८ विकेटले विजयी भएको छ। उसले स्कटल्याण्डलाई ८ विकेटले पराजित गरेको हो।
टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डले प्रस्तुत गरेको ८६ रनको झिनो लक्ष्य इण्डियाले ६ ओभर ३ बलमै पुरा गरेको थियो।
उसका ओपनर केएल राहुलले ५० तथा रोहित शर्माले ३० रनको योगदान दिए। कप्तान विराट कोहली २ तथा सूर्य कुमार यादव ६ रनमा अविजित रहे।
यसअघि स्कटल्याण्ड १७ ओभर ४ बलमा ८५ रनमा अल आउट भएको थियो। जितसँगै इण्डियाले दोश्रो जित हात पारेको छ। अब इण्डियाले अन्तिम खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्ने छ। इण्डिया कठिन मोडमा रहेको छ।
प्रतिकृया