दमक। ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्यान्ड विरुद्ध इण्डियाले खराब प्रदर्शन गरेको छ। टस हारेर ब्याटिङ गरेको इण्डियाले न्युजिल्याण्ड सामु जितका लागि एक सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ।
उसका कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। इण्डियाले पुरै ओभर खेले पनि ७ विकेटको क्षतिमा मात्र एक सय १० रन बनायो।
उसका लागि रविन्द्र जडेजाले सर्वाधिक अविजित २६ रनको योगदान दिए भने हार्दिक पाण्डे २३, ओपनर केएल राहुल १८, रोहित शर्मा १४ तथा रिसव पन्त १२ रनमा आउट हुँदा कप्तान विराट कोहली ९ रनमा पेबेलियन फर्किए ।
बलिङतर्फ ट्रेन्ट बोल्टले ३, इस सोधिले २ तथा टिम सौथी र एडम मिल्नेले एक/एक विकेट लिए।
प्रतिकृया