ज्ञानेन्द्र खैजु, पोखरा। यहाँ सम्पन्न वडा अध्यक्ष कप चेस टुर्नामेन्टमा भक्तपुर नगरपालिका वडा नम्बर-६ का युवा खेलाडी निकेन कुसाथा च्याम्पियन बनेका छन् ।
स्विसलिगका आधारमा खेलाइएको ९ चरणको खेलमा निकेनले ६ जीत र ३ बराबरी खेलेर साँढे सात अंक जोडेका थिए । जितसँगै उनले नगद १५ हजार, ट्रफी र प्याराग्लाइडिङ्ग प्याकेज हात पारे ।
माइन्ड फ्रेस चेस क्लब, पोखरा मनपा–१७ द्धारा आयोजित प्रतियोगितामा समान अंक भएपनि प्रोग्रेसिव टाइब्रेकमा हेटौडा उपमनपा–१ का कृष्ण थापा दोश्रो, काठमाडौं मनपा–२५ का पूर्व नेपाल च्याम्पियन बद्रिलाल नेपाली तेश्रो, रौतहटका फिडेमास्टर रुपेश जैसवाल चौथौं, स्याङ्गजाका युवराज पौडेल पाँचौं र काठमाडौंका युवा खेलाडी पुरुषोत्तम सिलवाल छैटौं भए ।
त्यसैगरी पोखराका रामबहादुर क्षेत्री सातौं, पोखराकै महेश्वर अधिकारी आठौं, भक्तपुरका जगन्नाथ ताम्राकार नवौं र दमकका जीवन मैनाली दशौं भए । उनीहरुले जनही एक हजार नगद हात पारे ।
छोरेपाटन माबिको हलमा संचालित प्रतियोगितामा भक्तपुरका गणेशमान दुवाल उत्कृष्ठ भेट्रान र पोखराका बिनोद नाल्मी अनरेटेडतर्फ उत्कृष्ठ घोषित भए । उनीहरुले जनही नगद २ हजार प्राप्त गरे ।
३ दिने प्रतियोगितामा १५ जिल्लाका विभिन्न वडाबाट ७६ जना खेलाडीहरु सहभागी थिए ।
प्रतिकृया