दुबई। यहाँ जारी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा इंग्ल्याण्ड विजय नजिक पुगेको छ। टस हारेर ब्याटिङ गरेको अष्ट्रेलियाले प्रस्तुत गरेको एक सय २६ रनको सामान्य लक्ष्य लिएर मैदानमा उत्रिएको इंग्ल्याण्ड ले उत्कृष्ट प्रदर्शन गरेको छ। अष्ट्रेलियाले अन्तिम बलमा सबै विकेट गुमाउँदै एक सय २५ रन मात्र जोडेपछि इंग्ल्याण्डले एक सय २६ रनको सामान्य लक्ष्य पाएको थियो।
उसका कप्तान आरोन फन्चले ४४, एष्टन अगरले २०, म्याथ्यु वाडले १८ तथा मित्सेल स्टार्कले १३ र प्याट कुमिन्सले १२ रन जोड्न बाहेक अन्य दोहोरो अंकको रन जोड्न सकेनन्।
बलिङतर्फ अष्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा क्रिस जोर्डनले ३, क्रिस वेक्स र तिमल मिल्सले २/२ विकेट लिए।
प्रतिकृया