गौरादह। नेकपा एमालेका नेता हिक्मतबहादुर कार्कीले मुलुकलाई असफल बनाउन दलहरु लागि परेको बताउनु भएको छ।
आज झापाको गौरादहको नगर अधिवेशनमा बोल्दै प्रमुख अतिथि कार्कीले यस्तो बताउनुभएको हो । वहाँले मुलुकलाई सिक्किमिकरण तर्फ लान खोजिएको भन्दै चनाखो हुनुपर्ने बताउनुभयो ।
त्यस्तै नेता कार्कीले जनताको बीचमा नेकपा एमालेलाई पुर्याएर आगामी निर्वाचनमा पार्टीलाई जिताउन एकतावद्ध भएर अगाडि बढ्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो।
नेता कार्कीले आँफुहरु सुखी नेपाली र सम्मृद्ध नेपालको लक्ष्य पुरा गर्न लागि पर्नु पर्ने पनि बताउनुभयो।
त्यस्तै उहाँले नगर अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन होस भन्ने कामना समेत गर्नु भयो।
प्रतिकृया