दमक। झापाको दमकमा जारी प्रदेश स्तरीय वडा अध्यक्ष कप अन्तर पालिका भलिबल प्रतियोगिताको उपाधिका लागि झापा र भोजपुर भिड्दै छन्। झापाको झापा गाउँपालिका आयोजक दमक नगरपालिकामाथि २३-२५, २५-१९, २५-२१ र२५-१७ को जित निकाल्दै प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
त्यस्तै रामप्रसाद राई गाउँपालिका भोजपुर मोरङ्गको बेलबारी नगरपालिकामाथि २५-२१, २५-१६,१६-२५ र २५-१३ को जित निकाल्दै प्रतियोगिताको अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेको हो।
दमकको वडा नम्बर-३ को वडा खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद एक लाख प्राप्त गर्ने छ भने उपविजेताले नगद ५० हजार हात पार्ने छ।
उत्कृष्ट खेलाडीहरूले जनही ५ हजार प्राप्त गर्ने खेल संयोजक राजु श्रेष्ठले जानकारी दिनुभयो। प्रतियोगिता दमक३ स्थित प्रस्तावित मदनभण्डारी रंगशालामा संचालन भइरहेको छ। फाईनल खेल आजै हुनेछ।
प्रतिकृया