दमक। नेपाली कांग्रेसका युवा नेता तथा दमक नगरपालिकाको पार्टीको नगर सभापतिका उमेद्वार पर्शुराम रिजालले गोप्य मतदान हुने भएकाले सबैले ढुक्कसँग मतदान गर्नु हुनेछ भन्दै आफ्नो समुहको जित निश्चित भएको दावी गर्नु भएको छ।
उहाँले अहिले पार्टीलाई एकताबद्ध बनाएर दमकमा सबै भन्दा ठूलो पार्टी बनाउन र आगामी निर्वाचनमा पार्टीलाई जिताउन एकतावद्ध हुन सबैमा अनुरोध पनि गर्नु भएको छ।
शुभदिनसँगको कुराकानीमा रिजालले भन्नु भयो ” मेरो जित, मेरो समुहको जित भनेको कांग्रेसलाई मजबुत बनाउनु पर्छ भन्नेहरुको जित हो” तसर्थ आगामी निर्वाचनमा पार्टीलाई जिताउन र कसैको स्वार्थको राजनीतिबाट दमक कांग्रेसलाई मुक्त बनाउनका लागि पनि आफ्नो उमेद्वारी भएकोले जित निश्चित भएको दावी समेत गर्नु भयो।
नेता रिजालले आफ्नो जित भएपछि आफुले कसैसँग भेदभावको राजनीति नगर्ने बरु भेदभाव र व्यक्तिगत स्वार्थ भन्दा पार्टीको स्वार्थ पुरा गर्न स्थानीय तहको निर्वाचन केन्द्रित अभियान शुरु गर्दै स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने उमेद्वारको जितका लागि व्यापक रूपमा कार्यकर्ता परिचालन गर्ने जनाउनु भयो।
रिजालले आफ्नो नेतृत्वले कम्युनिष्ट किल्ला भत्काउने दाबी समेत गर्नु भयो। पार्टीको नगर नेतृत्व चयन गर्न आइतबार बिहान ८ बजेदेखि मतदान हुदैछ। कांग्रेसमा दमकको नेतृत्व हत्याउनका लागि रोशन बिष्ट, प्रकास प्रसाई र पर्शुराम रिजाल चुनाबी मैदानमा उत्रिएका छन्।
प्रतिकृया