राम निरौला, कनकाई / संविधान दिवसको अवसर पारेर कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले सबै नगरबासीलाई व्यक्तिगत नभइ सामूहिक स्वार्थ सिद्धिकालागि अघि बढ्न अनुरोध गरेका छन् ।
कोरोना कहरकाबीच नगरपालिका परिसरमा एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै नगर प्रमुख पोखरेलले संविधान दिवसको दिनबाट नागरिकहरुकालागि अझै बढी काम गर्ने हौसला प्राप्त होस् भन्ने कामना गरेका छन् ।
संविधानमा उल्लेख भएका विषयहरुलाई आत्मासाथ गर्दै संविधानको भावना र मर्मलाई बजेट मार्फत प्रतिबिम्बित गर्दै अघि बढेको जानकारी गराउँदै नगर प्रमुख पोखरेलले कनकाई नगरबासीलाई सकारात्मक दिशा तर्फ अघि बढाउँने प्रयासमा आँफूहरु क्रियाशिल रहेको प्रष्ट पारेका छन् ।
शहिदहरुको तस्विरलाई साँची राख्दै संविधानरुपी दस्तावेजलाई आधार बनाएर शहिदहरुले देखेको सपना पूरा गर्ने कार्यमा कनकाई नगरपालिकाको नेतृत्व प्रतिवद्ध रहेको नगर प्रमुख पोखरेलले जनाएका छन् ।
नगर प्रमुख राजेन्द्र पोखरेल र उपप्रमुख मन्जु प्रसाईँले संयुक्त रुपमा झण्डोतोलन गरेर दिप प्रज्वलनका साथ उद्घाटन गरिएको कार्यक्रममा उपप्रमुख प्रसाईँले स्वागत गरेकी थिइन् । शिक्षा शाखा प्रमुख पिताम्बर गौतमले संचालन गरेको कार्यक्रममा कनकाई नगर क्षेत्रका जनप्रतिनिधिहरुको उपस्थिती रहेको बताइएको छ । संविधान दिवसको अवसरमा आज आइतबार साँझ कनकाई नगरपालिका परिसरमा दिपप्रज्वलन गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ ।
प्रतिकृया