दमक। झापाको दमक नगरपालिकाको नगर अधिवेशनमा नेपाली कांग्रेसको तीन प्यानलले उमेद्वारी घोषणा गरेका छन्। रोशन बिष्ट प्यानलले आज एक कार्यक्रमकाबीच उमेद्वारी घोषणा गरेसँगै दमकमा तीन प्यानल चुनावी मैदानमा उत्रिएका छन्।
बिष्ट सभापति रहेको प्यानलको उप-सभापतिमा ज्ञानकुमारी बुढाथोकी र जयबहादुर धिमाल छन्। त्यस्तै सचिवमा दिपेश दाहाललाई अघि सारेको सो प्यानलले सह-सचिवमा अमित थापा र विरेन्द्र कुमार आङदेम्बेलाई उमेद्वार बनाएको छ।
दिलबहादुर बुढाथोकीले उमेद्वारी घोषणा गरेको कार्यक्रममा संविधान सभा सदस्य विश्वदीप लिङदेन, महासमिति सदस्य टिकाराज सापकोटा, उमाकान्त आचार्य, रबी केसी, वडा नम्बर ७ का सभापति अतित बान्तवा राई लगायतको उपस्थिति रहेको थियो।
कृष्णप्रसाद सिटौला पक्षको यो उमेद्वारीले दमकमा सिटौला पक्ष पनि दुई धारमा देखिएको छ । यसअघि हिजो उमेद्वारी घोषणा गरेको प्रकाश प्रसाई नेतृत्व पनि सिटौला पक्षकै हो । हिजै पर्शुराम रिजालको नेतृत्वमा कांग्रेसको विश्वप्रकाश शर्मा पक्षले पनि उमेद्वारी घोषणा गरिसकेको छ।
प्रतिकृया