संखुवासभा। संखुवासभाको मादि नगरपालिका-१ उमलिङमा एकै घरपरिवारका ६ जना मृत अबस्थामा फेला परेका छन् ।
आज बिहान पौने १० बजे उक्त स्थानमा मानिसहरु मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय चैनपुरमा जानकारी प्राप्त हुन साथ प्रहरी टोली खटि गई बुझ्दा ६ जना मृत अबस्थामा फेला परेका हुन । उनीहरूको हत्या गरेको हुनसक्ने आशंका गरिएको छ। शवको प्रकृति हेर्दा लखेटि लखेटि हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। सो को अनुसन्धानका लागि कुकुर लगिदै छ।
मृत अबस्थामा फेला पर्नेहरुमा सोही स्थानकी ८४ बर्षीया पार्वती कार्की, ५२ बर्षीय तेज बहादुर कार्की, ५२ बर्षीया कमला कार्की, ३२ बर्षीया रञ्जना कार्की, ११ बर्षीय दिपेन कार्की र ७ बर्षीया गोमा कार्की रहेका छन् । घटनास्थल ईलाका प्रहरी कार्यालय चैनपुरबाट ५५ किलोमिटर पुर्व रहेको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरि रहेको छ ।
प्रतिकृया