मोरङ। मोरङको उर्लाबारी र सिजुवाबाट प्रहरीले प्रतिबन्धित औषधी सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका-८ स्थित रातोहोली बस्ने २७ बर्षीय अनिश श्रेष्ठ र २१ बर्षीय सुजन श्रेष्ठ रहेका छन् ।
हिजो बेलुका साढे ६ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनिहरुको घर कोठाबाट Tramadol 158 Capsules र Spaspain 14 Tablet प्रतिबन्धित औषधी सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै रतुवामाई नगरपालिका-२ घरुचौकबाट ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-१ का २१ बर्षीय माधव श्रेष्ठलाई नाईट्रोभेट ६६० र कोरेक्स –DX – १ बोतल लागूऔषध सहित पक्राउ गरेको छ भने सोही स्थानमा हिजै राती सँवा १० बजे सिमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नेपाल तर्फ आउदै गरेको मे १ ह ३१७२ नम्बरको अटोलाई चेकजाँच गर्दा अटोमा लुकाई राखेको प्रतिबन्धित औषधी स्पासपेन ५ सय ट्याब्लेट र ट्रामाडोल १ हजार ट्याब्लेट बरामद गरी अटोमा सवार रहेका मोरङ उर्लाबारी-५ का २३ बर्षीय समिर मगर, झापा दमक-९ का २९ बर्षीय अब्दुल आमिर खान र उर्लाबारी-५ का २४ बर्षीय घनश्याम गुरुङलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया