दमक। भुटानी शरणार्थी शिविरमा खुसियाली छाएको छ। पुनर्वासमा गएका भुटानी शरणार्थी किरन गजमेरले नेपाली चर्चित रियालिटी शो द भ्वाइस अफ नेपालको उपाधि जितेसँगै भुटानी शरणार्थी शिविरमा खुसियाली छाएको हो ।
किरनले उपाधि जितेसँगै भुटानी शरणार्थी शिविरका लागि एउटा एम्बुलेन्स दिने घोषणा गरेका छन् भने पश्चिम नेपालको विकट ठाउँका लागि अर्को एम्बुलेन्स दिने घोषणा गरेका छन्। यस घोषणाले पनि भुटानी शरणार्थीहरुमा खुसियाली छाएको छ।
किरनले आँफुले उपाधिसँगै पाएको २५ लाखबाट एक हजार मात्र लग्ने बताएका छन्। उनले सो रकम पनि आफ्नो आमाको लागि उपहार स्वरुप लाने बताएका छन्। अन्य रकमले बुढापाका तथा असक्तहरुका लागि कोरोना बिरुद्धको खोप लगाउन सहयोग गर्ने उल्लेख गरेका छन् ।
उनको यो घोषणाले समग्र भुटानी शरणार्थीहरूको शिर उच्च बनाएको छ। साथै नेपाली नेता तथा अन्य उपाधि विजेताहरुलाई चुनौती पनि थपिदिएको छ । किरनको यो घोषणाले समग्र नेपाली युवा पुस्तालाइ समाजसेवाका लागि प्रेरित त गरेको छ नै।
उनको यस किसिमको घोषणाबाट नेपाली राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले राष्ट्रसेवाका लागि केही पाठ सिक्ने कि ?
प्रतिकृया