काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यताको नवीकरण र अध्यावधिक गर्न साउन २३ गतेसम्मको समय तोकेको छ । आइतबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बसेको स्थायी कमिटीको बैठकले सदस्यता नवीकरण र अध्यावधिकका लागि साउन २३ गतेसम्मको समयसीमा तोकेको महासचिव इश्वार पोखरेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, हामीले खासगरी पार्टी सदस्यतालाई नवीकरण गर्ने र अध्यावधिक गर्ने एउटा समयसीमा तय गरेका छौं । पहिले नै निर्देशन दिइसकेको हो । अब साउन २३ गतेभित्र सबै ठाउँका पार्टी कमिटीहरुले, खासगरी जिल्ला पार्टी कमिटीले, प्रदेश पार्टी कमिटीले सदस्यता नवीकरण र अध्यावधिक गरेर केन्द्रमा पठाइसक्नुपर्छ ।
महासचिव पोखरेलले भदौ २७ र २८ गते विधान महाधिवेशन गर्न लागिएकाले सदस्यता अध्यावधिक र नवीकरण गर्ने कुरा टुंग्याउनका लागि यस्तो निर्णय गरिएको बताउनु भयो ।
पोखरेलका अनुसार एमालेले देशव्यापी रुपमा असोज ३ गते वडा तहको अधिवेशन गरिसक्ने र असोज ९ गते पालिका स्तरका अधिवेशन गर्ने छ । त्यसैगरी बैठकले साउन २४ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
प्रतिकृया